नेपाल मधेश खबर संवाददाता,१गते माघ ।
आज देशैभरी माघे संक्रान्ति मनाउने क्रममा यहाँ पनि मनाइँदै । मदेश प्रदेशमा तिला संक्रान्त खिचडी पर्व रहेको छ । आज माघ ०१ गते अर्थात् मकर संक्रान्ति । देशैभरी विभिन्न समुदायले आ–आफनो नामबाट मनाउने गर्दछन् । तराइ मधेशमा पनि यसको बेग्लै विशेषता छ ।
मधेशी समुदायहरु बिच तीलको लड्डु पनि लोकप्रिय रहेको छ । आज दहि,चिउरा,तिलको लडु सहित मिठो परिकार बनाएर खाने चलन छ । आजको दिन खिचडी खाने पनि परम्परा छ । बिहानै नुहाइ धुवाइ गरी बिहानै चोखो भई सर्वप्रथम तिल र चामल छोइ पितृहरुको निकाले गरिन्छ ।
यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । चिउरा, मुढि,जनेरा लगायत विभिन्न किसिमका लड्ड बनाइन्छ । यी परिकार पूजापाठ गरी सर्वप्रथम घरका कुल देवतालाई चढाइन्छ । देविदेवतालाइ चढाएर मात्र खाने चलन रहेको छ । जाडोमौसममा यो पर्व पर्ने गर्दछ ।
यस पर्वामा खाने परिकारले शरीरलाई न्यानो राख्न सहयोग पुर्याउने गर्दछ । यस्ता खाने कुराहरु स्वास्थ्यको हिसाबले पनि लाभदायक मान्निछ । आजको दिन सूर्य उत्तरायणमे प्रवेश गर्दछ । दिन लामो र रात सानो हुँदै जान्छ । तिल भर दिन बढने गरेको जानकारहरु बताउँछन् । तरुल(अलुुुुुुवा)लाई पुस मसान्तका दिन उसिनेर माघ १ गते आजकै दिन खाने परम्परा छ । तरुल खेती गर्ने किसानहरु लाइ पनि भ्याइनभ्याइ छ ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।