July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटमा १८ लाख भन्दा बढी नक्कली नेपाली नोट सहित एक जना पक्राउ ।

राैतहट , १९ गते पुस ।
रौतहटमा लाखौं नक्कली नेपाली नोट सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको गुजरा नगरपालिका–५ हरिहरपुरका बच्चालाल यादवको २५ वर्षिय छोरा संदिप यादव रहेको प्रहरीले जनाएको छ ।
बिहीवार दिउँसो १ बजेको समयमा देवाही गोनाही नगरपालिका–३ पटेल चोकबाट यादवलाई १८ लाख भन्दा बढी नक्कली नेपाली रुपैयाँ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
विशेष सुचनाको आधारमा खटेको प्रहरीको गस्ती टोलीले एक हजार दरको १८ सय ४३ थान गरी १८ लाख ४३ हजार जाली नोट सहित यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका यादवको साथबाट विभिन्न बैंकको ५ थान एटिएम कार्ड, १६ लाख ६५ हजार रुपैयाँ उल्लेख भएको तिन थान चेक र एकथान ओपो कम्पनीको मोवाइल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक एलिजा गौतमले जानकारी दिएकी छन् ।
पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालयको हिरास्तमा राखिएको र बरामद भएको जाली नोट, एटिएम, चेक र मोवाइल बारे अनुसन्धान कार्य भइरहेको डिएसपी गौतमले बताइन ।