राम प्रबेश बैठा राैतहट,१९ गते पुस ।
माैलापुरमा “असहाय सँग मेयर कार्यक्रम”प्रभावकारी बन्दै गएको छ । नगरपालिका द्वारा छोरीको बिहेमा आर्थिक सहयोग गरेको छ । आज एक कार्यक्रमका बिच नगर प्रमुख रिना कुमारी साहले अनुदान रकमकाे चेक हस्तान्तरण गर्नु भएको हाे ।
मौलापुर नगरपालिकाको असहायसँग मेयर कार्यक्रम अन्तर्गत छोरीको बिहेका लागि आर्थिक सहायता अनुदान रकम प्राप्त गर्न निवेदन पेश गरेकाहरूले चेक पाएका छन् त्यस्ता लाभग्राहीहरुलाई जनही रु. ३० हजारको दरले ४९ जना लाभग्राहीहरुलाई १४ लाख ७० हजार रकम बराबरको चेक प्रत्येक लाभग्राहीहरुलाई हात हातमै उपलब्ध गराईएकाे माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी गराएका हुन् ।
नयाँ निवेदनहरुको हकमा नगर प्रमुख वा निजको प्रतिनिधिबाट बिहेको दिन निवेदकको घरमै चेक हस्तान्तरण कार्य जारी रहेकाे अधिकृत साहले जानकारी गराए ।
नगरप्रमुख साहकाे पहलमा झण्डै ६ वर्ष देखि शुरू भएको यो कार्यक्रमले आम गरिब परिवारलाई ठुल्लो राहत प्रदान गर्दै आएको छ ।
More Stories
ओलीको दलीय संयन्त्र लोकतन्त्रको लागी खतरा हो : प्रभु साह
बैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन आईटी आर्मी चितवन जिल्लाको तयारी भेला सम्पन्न
असफल र असक्षम ओली सरकार विघटन हुन्छ – प्रभु साह