रौतहट,भदौ ०८ गते ।
रौतहटको गढिमाइ स्थित रहेको बागमती खोलामा पहिचान नखुलेको एक जना महिलाको शव फेला परेको छ । गढिमाइ नगरपालिका वडा नम्बर १ स्थित समनपुर पुल नजिक बागमती खोला किनारमा करिब ५०÷५५ वर्षको महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओमप्रकाश खनालले जानकारी गराउनु भयो ।
शवको पहिचान नभएकोले आफन्तलाई सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । आज शुक्रवार साँझ बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ । घटना स्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने काम गरिरहेको खनाले बताए ।
घटनाको सम्बन्धमा थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय