July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरिएको पुस्तक हो “हाम्रो मौलापुर” ःमेयर

 

रौतहट,भदौ ०६ गते ।
रौतहट जिल्ला क्षेत्र नम्बर ३ अन्तर्गत मधेश प्रदेश मै प्रथम मौलपुर नगरपालिकाले ल्याएको स्थानिय पाठ्यपुस्तक “हाम्रो मौलापुर” मधेश प्रदेशमै नमूना नगरप्रमुख रिना कुमारी साहले बताएकी हुन् । आज पत्रकारहरु सँग कुराकानी गर्नु हुँदै वहाँले यस्तो बताएकी हुन् ।
यो पुस्तक कक्षा १ देखि ८ सम्म निकाल्ने लक्षय रहेको बताइन् । हाल कक्षा १ देखि ३ सम्म प्रकाशन गरिएको विस्तारै कक्षा ८ सम्म पुर्याइने छ ।
विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रमले नसमेटेका नैतिक शिक्षासहित स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी लागू गरिएको मौलापुरका नगर प्रमुख रीनाकुमारी साहले बताइन् । नगरभरीको प्रत्येक सामुदायिक विद्यालयहरुमा आफू गइ पुस्तक वितरण गरेको जानाकारी गराइएन् । त्यती मात्र होइन् कि बालबालिकाहरु लाइ पुस्तक पढाएर हरेक बच्चा बच्चाको हात हातमा पुस्तक पुर्याएको उनको भनाइ छ ।
यो पुस्तकमा मौलापुर नगरपालिका आज भन्दा ५ वर्ष अगाडी कस्तो थियो ? अहिले कस्तो छ ? यो सबै कुराहरु पुस्तकमा समेटिएको छ । यो पुस्तक बालबालिकाहरु लाइ पढनको लागि मात्र होइन् कि सम्मपूर्ण नगरवासीहरुलाइ एक चोटी पढनै पर्ने पुस्तक हो । पुस्तकमा मौलापुरको बारेमा सम्पूर्ण जानकारी समेटिएको छ ।
मौलापुर नगरपालिकाको शिक्षा,स्वास्थ्य,मौलापुर पुरातात्वीक महादेव मन्दिर, नगरपालिका भित्रको प्राकृतिक सम्पदा, स्थानीय पेसा व्यवसाय ,आर्थिक अवस्था,संस्कृति तथा रहनसहन लगायतका विषयवस्तु समेटेको नगरप्रमुख साहले भनिन् । मौलापुर पुरातात्वीक महादेव मन्दिरलाइ उत्खन्न गरी अहिले कहाँ सम्म पुर्याएका छौं । त्यो कुरा पनि समेटीएको छ ।
यो पुस्तक मैले एक्लै होइन् कि यहाँको बुद्धिजिवीहरु,शिक्षक,नगरपालिकाका उपमेयर लगायतको टिम बसेर गम्भीर रुपमा छलफल गरी धेरै कठिनाइले हामी पुस्तक छपाएका छौं । सबै नगरवासी लगायत सबै आमजन समुदाय सँग एकचोटी पुस्तक हेर्न आग्रह गर्नु भयो । साथै एकचोटी मौलापुरमा आएर पुस्तकमा उल्लेख भएका कुराहरु वास्तवीक हो की होइन् ? हेर्नु हुन अनुरोध गर्नु भयो ।