July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

भदौमा हुने ‘नाडा अटो शो-२०२३’ को लागि बुकिङ खुला

 

काठमाडौं, असार २७

नेपालको सबैभन्दा ठूलो र भव्य रूपमा सम्पन्न हुँदै आएको नाडा अटो शो यस वर्ष पनि आयोजना हुने भएको छ।

‘नाडा अटो शो २०२३’ आउँदो भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौं, प्रदर्शनीमार्गको भृकुटीमण्डप परिसरमा आयोजना हुने भएको हो। यसै क्रममा नाडाले सो प्रदर्शनीका लागि बुकिङ समेत खुला गरेको छ।

नाडाको आयोजनामा हरेक वर्षको दशैं अघि आयोजना हुँदै आएको नाडा अटो शो कोभिडको महामारीका कारण सन् २०२० र २०२१ मा  आयोजना हुन सकेको थिएन। नाडा अटो शो २०२२ पनि सरकारले गत वर्ष केही सवारी साधनहरूको आयातमाथि लगाइएको प्रतिबन्धका कारण आयोजना हुन सकेन।

नाडाले आफ्नो इतिहासमा पहिलो पटक गत वर्ष भृकुटीमण्डपमा ‘नाडा इभी एक्स्पो-२०२२’ भने सम्पन गरेको थियो।

आउँदो नाडा अटो शो २०२३ मा विद्युतीय लगायतका चार पांग्रे, तीन पांग्रे तथा दुई पांग्रे सवारी तथा ढुवानीका साधनहरू, स्पेयर पार्ट्स, टायरट्युब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स एवम् ग्यारेज उपकरणहरू समेत राखिने नाडाले जनाएको छ।

त्यसैगरी, प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघ-संस्थाहरूको समेत सहभागिता रहनेछ।

झन्डै चार वर्षपछि आयोजना हुन लागेको यस बृहत प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्ब भन्दा बढीको कारोबार हुने अपेक्षा राखिएको छ।

यो प्रदर्शनी गत वर्षहरूमा आयोजिन प्रदर्शनीहरू भन्दा थप बृहत र भव्य हुने अपेक्षा समेत राखिएको छ। त्यसैगरी यस प्रदर्शनीमा नेपालभरीका अटोमोबाइल व्यवसायीहरूको अधिकतम सहभागिता रहने अपेक्षा नाडाको छ।