July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको ईशनाथ न. पा. काे नाकाहरूमा अधिकृत भुजेल सहितकाे टाेली द्वारा स्थलगत अनुगमन

 

रौतहट पुस २६ गते
राैतहट जिल्लाकाे दक्षिणी भेग ईशनाथ नगरपालिकाकाे नाकाहरूमा प्रमुख प्रशासकीय अधिकृत उपसचिव खिमबहादुर भुजेल सहितकाे टाेली द्वारा स्थलगत अनुगमन गरिएको छ । काेराेना संक्रमण तिव्र रूपमा बढन थालेपछि कडाई गर्न अनुगमन गरिएको छ ।
ईशनाथ भई नेपाल प्रवेश गर्ने नाकाहरू बारे बुझनकाे लागि अनुगमन गरिएको बुझिएकाे हाे । साथै कोरोना चेक जाँच गर्न समेत गरिने उपसचिव भुजेलले बताए ।
केहि दिनयता संक्रमितहरुको सख्या अप्रत्याशित रुपमा बढ्दै गएपछि डिसिसिएमसीले देशकाे विभिन्न नाकामा परिक्षणको दायरा अझ बढाउन निर्देशन दिएको थियोे । साेमबार अपरान्ह नाकाको स्थलगत अनुमगन गर्न पुगेका अधिकृत भुजेलले नाकाकाे बारेमा बुझेका थिए ।

ईशनाथ नाका हुँदै दैनिक करिब हजाराैं मानिस नेपाल भारत ओहोर दोहोर गर्दै आएका छन् । नाकाको स्थलगत अनुगमनका क्रममा उपसचिव भुजेलले भारतबाट नेपाल प्रवेश गर्नेहरुलाइ चेकजाँच गर्न पनि भनिएको हाे ।
यस्तै नाकामा अझ व्यवस्थित बनाइने भन्दै भुजेलले त्यसका लागि सरोकारवाला निकायसंग समन्वय गरिरहेको बताए ।
डिसिसिएमसीको आइतबारको निर्णयअनुसार ईशनाथमा पजि मास्क नलगाउनेलाई कडाई गर्न अभियान पनि सुरु गरिने भुजेलले जानकारी दिए । अनुगमन पछि भुजेलले अगामी दिनमा ईशनाथ नगरपालिकाकाे नाकाहरूमा कसरी व्यवस्थित गरिने बारे बुझेका थिए । अनुगमन टोलीमा स्वास्थ्य संयाेजक ईशराजुल खाँ,ईप्रका आैरैयाका ईन्चार्ज,कर्मचारी लगायत जनप्रतिनिधिहरू
लगायत सहभागी थिए । े