April 18, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा जिल्लाको सह-सचिव पवन प्रसाद साह लाइ चयन

 

पुस २५ वीरगंज, पर्सा
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा जिल्लाको सह- सचिव मा पवन प्रसाद साहलाई नियुक्त गरिएको छ।

आज राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको जिल्ला कार्यसमितिको सम्झना होटलमा बसेको बैठकबाट पवन प्रसाद साह लाइ जिल्ला सह- सचिव को जिम्मेवारी दिइएको छ।

सह- सचिवका जिम्मेवारी पाइएका पवन प्रसाद साहले ५ बर्ष देखि वीरगंज महानगरपालिका वडा नं १७ अलौगका वडा इकाई सचिव पदमा बसि आफनो पार्टी प्रती इमान्दारी पूर्वक कार्यकाल सफलता गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को वीरगंज महानगरपालिका को नगरकार्य समितिको सचिव पदमा बसी कामकाज गर्दै आएको मुल्यांकन को आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को जिल्ला सह -सचिव साह लाइ जिम्मेवारी दिइएको छ।