काठमाण्डाै –
आईसीसी एकदिवसीय विश्व कप छनाेटमा वेस्ट इन्डिजले नेदरल्यान्ड्सलाई ३ सय ७५ रनकाे विशाल लक्ष्य दिएकाे छ ।
जिम्बावेकाे हरारेमा टस हारेर ब्याटिकाे निम्ताे पाएकाे वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रन बनायाे । वेस्ट इन्डिजका निकाेलस पूरनले शतक बनाए । उनले ६५ बलमा ९ चाैका ६ छक्कासहित नटआउट १ सय ४ रन जाेडे । यस्तै ब्रान्डन किङले ७६, जाेनसन चार्ल्सले ५४, कप्तान तथा विकेटकीपर शाई हाेपले ४७ र कीमाे पाउलले नटआउट ४६ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका बास दी लीदे र सकिब जुलफिकरले २/२ विकेट लिए ।
नेदरल्यान्ड्सले अब केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे