July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

जोरपाटीमा सानो बजारको उद्घाटन

 

काठमाडौं–

स्थानीय ग्राहकहरूको दैनिक आवश्यकीय सामग्री तथा वस्तुहरु एकै ठाउँमा उपलब्ध गराउने उदेश्यले साना–साना बिक्रेताहरुलाई एकीकृत गरी सानो बजारको निर्माण गरिएको छ ।

यसलाई टेवा पुर्याउनुका साथै साथै कारोबारलाई थप व्यवस्थित गर्न कुमारी बैंक लिमिटेडले काठमाडौंको जोरपाटीस्थित सानो बजारका व्यवसायीहरूको लागि क्यूआर (QR) सुविधा ल्याएको छ ।

आफ्नो मोबाइल फोनबाटै सहज रूपले भुक्तानी गर्न सकिने यस क्यूआर सुविधा सानो बजारको लागि सहज कारोबारको विकल्प बन्ने कुरामा बैंक विश्वस्त छ । यसै क्यूआर सुविधालाई टेवा पुर्याउनु र डिजिटल प्रबिधिको प्रयोगलाई प्रोत्साहन गर्नका लागि कुमारी बैंकले सानो बजारमा निःशुल्क वाईफाई सुविधा पनि उपलब्ध गराएको छ ।

साथै कुमारी बैंक लिमिटेडले यी बिक्रेताहरुको सुरक्षाको लागि सानो बजारमा सीसी क्यामराको पनि व्यवस्था गरेको छ ।

सानो बजारको यस उद्घाटन समारोहमा मुख्य अतिथिका रुपमा प्रतिनिधि सभाका सदस्य माननीय सन्तोष चालिसे, प्रतिनिधि सभाका सदस्य माननीय शान्ति श्रेष्ठ, तथा गोकर्णेेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसाल, उप–प्रमुख सान्नानी लामा, वडा नं ५ का वडा प्रमुख नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा प्रमुख नवराज लामा, पूर्व संघीय सांसद कृष्ण राई तथा कुमारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश अर्याललगायत स्थानिय व्यवसायी तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ ए.टि.एम तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आ आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।