July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको राजपुरमा १५ शय्याकाे अस्पताल निर्माणको काम तीव्र गतिमा हुँदै

राैतहट,२९ गते जेठ
राैतहट जिल्लाको राजपुर नगरपालिकामा १५ शय्याकाे अस्पताल निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । साे नगरपालिकाले १५ शय्याका अस्पताल बनाउने कामलाई तीव्र गतिमा अगाडि बढाएकाे नि.प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले जानकारी गराउनु भयो ।

छ महिना अघि नै सुरु भएको अस्पताल निर्माणको कामले गति लिएको अधिकृत ठाकुरले जनाएका छन्। साे अस्पताल निर्माणकाे लक्ष्य १८ महिना रहेकाे छ । पालिकास्तरीय अस्पताल निर्माणको लागि संघिय अुनदान अन्तर्गत काम अगाडि बढेको छ।

राजपुर नगरपालिकामा निर्माणाधीन अस्पतालको भवन निर्माणतर्फ ४० प्रतिशत काम सम्पन्न भएको पालिकाले जनाएको छ । २०७९ मंसिर १४ मा कार्य समझाैता भई अस्पतालको भवन निर्माण गर्न २३ करोड २६ लाख १५ हजार ४ सय ४४ रुपियाँ लागतमा चण्डीदेवी मुना जेभि बिदुर नुवाकाेट सँग सम्झौता भएको छ।

सो सम्झौतापछि पूर्वाधार निर्माणको काम द्रुत गतिमा अगाडि बढेको नगर प्रमुख डा.राजिक आलमले बताउनु भयो । १५ शय्याको अस्पताल निर्माण भएपछि ग्रामीण क्षेत्रका नागरिकले सर्वसुलभ रूपमा आधारभूत स्वास्थ्य सेवा पाउने अपेक्षा उनले राखेका छन् । साे भवन निर्माणकाे लागि मेयर डा.आलम,उपमेयर जमिला असगरी, अधिकृत ठाकुरकाे पटक पटक अनुगमन गरि गुणस्तरीय भवन निर्माणका लागि चेकजाँच र निर्देशन दिदै आएका छन् ।