July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटमा एकजना पत्रकारको भाई कक्षा १२ काे जाँच दिएर घर जाने क्रममा पछाडी बाट मोटरसाईकल ठकर दिदा परिक्षार्थी घाइते

राैतहट,वैशाख २६ गते
फतुवाबिजयपुर नगरपालिकामा एक मोटरसाइकलले अर्को मोटरसाइकलको पछाडीबाट ठक्कर दिए पछि आगाडी रहेको मोटरसाइल चालक गम्भीर घाईते भएका छन् ।गम्भीर घाईते हुनेमा मोटरसाइकल चालक फतुवाविजयपुर नगरपालिका ६ पेरभर्वाका २० बर्षिय हरेराम बैठा रहेका छन् । श्री माध्यमिक विधालय कनकपुर परीक्षा केन्द्र बाट कक्षा १२ को परिक्षा दिएर घर जाने क्रममा सन्तपुर देखी पेटभर्वा जादै गरेको प्र-२- ०३-१४ प. ५१५८ नम्बरको मोटरसाईकललाई सोही नगरपालिका ७ फतुवाका ओमप्रकाश चौधरीले ना.१५ प. ३४७१ नम्बरको मोटरसाईलले पछाडीबाट ठक्कर दिएको ईलाका प्रहरि कार्यालय सनतपुर दोस्तियाले जनाएको छ ।

दुर्घाटनामा परी गम्भीर घाईते भएका बैठालाई समुदायीक अस्पताल कटहरियामा उपचार भईरहेको छ । त्यस्तै उक्त दुर्घाटनामा समान्य घाईते भएका चौधरीलाई महादेव हेल्थ सेन्टर सन्तपुरमा उपचार पछि डिस्चार्ज भएको छ । घाईते बैठाका अवस्था गम्भीर रहेकोले थप उपचारको लागि विरगंज पठाउने त्यारी भईरहेको घाईतेका दाई दिपेन्द्र रजकले जनकारी दिए।
दुर्घाटना भएका दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तीयाका सई बद्री कुमार रायले बताए ।