चैत्र १३ गते रौतहट
प्रेमचन्द्र झा
राैतहट । लाोकतान्त्रिक समाजवादी पार्टी नेपाल राैतहट मधेस आन्दोलनले स्थापित गरेका मान्यतालाई संरक्षण गर्नमाग गर्दै गाैर नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन । मधेस क्रान्ति चाैकले परिचित स्थानमा नगरपालिकाले निर्माण गर्नलागेको घण्टाघर तथा विपिकोईरालाको शालिक राखिने स्थान वरिपरि मधेस आन्दोलनमा राैतहटबाट शहिद हुनेको शालिक राख्नु पर्नेमाग गरेकाछन ।ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार व्यक्ति समय अनुसार राजनैतिक दल परिवर्तन गरे संगै दायित्व परिवर्तन हुदैन ।तत्कालिन अवस्था प्रति गम्भीर भई निर्णयमा पुनरविचार गर्न ज्ञापन पत्रमार्फत अनुराध गरेका छन ।गाैर नगरप्रमुख शम्भुसाहले ज्ञापन पत्रबुझ्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष लिला प्रसाद साहले गरेका माग सम्बन्धित दलसंगको बैठक बोलाई सम्बोधन गर्ने बताए ।एतिहासिक मधेश आन्दोलनको मान्यतासंग जाेडिएर ज्ञापनपत्रमार्फत गरिएको माग जायज रहेको नगरप्रमुख साहले बताएका छन ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय