March 28, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

नेपाल भारत सम्बन्ध अदभूत:- माधव नेपाल

चैत्र ११ गते
प्रेमचन्द्र झा
राैतहट।नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।
नेपाल – भारतका पत्रकारको संस्था मिडिया फाैर वोडर हार्मोनीले ईशनाथ नगरपालिकाको ईशनाथ मठ परिषरमा आयोजना गरेको नेपाल भारत मैत्री संवाद २०७९ लाई प्रमुख अतिथिको हैसियतले सम्बोधन गर्दै हाम्राे खुला बोडरले धेरै सुविधा भएपनि धेरै सम्स्या निम्त्याएको बताए।खुल्ला सिमानाका दुवै देशका नागरिकले फाईदा लिन सकोस् कसैलाई कुनै पनि बहानामा समस्या भोग्न नपरोस उनले बोलेका छन ।
पुर्व प्रधानमन्त्रीनेपालले नेपालमा सिमा क्षेत्रका जनताले मलखादको समस्या भोग्नु परेको बताउदै मलखादको अभावमा कृषि क्षेत्र प्रभावित हुनु दुखद भएको बताए । किसानको समस्या समाधानका लागि विषेश पहल जरुरी रहेका छन । समस्या धेरै वर्ष देखि छ ।स्थायी समाधान
देखि रहेको छैन ।मलखादको अभावमा कृषि उत्पादनमा अषर पर्नु भनेकाे किसानको जिवनसंग खेलवाड गर्नु हो । सिमाक्षेत्र भारतमा मल छ भने नेपालमा ल्याउन दिनु पर्छ ।मलका लागि आफुले यसमा प्रधानमन्त्री पुष्पकमल दाहालसंग कुरा गरेको बताए ।नेपाल भारत सम्बन्धलाई मजबुत तुल्याउन संस्थाले खेलेको भुमिकाको नेता नेपाल ले सराहना गरे । लोसपा नेता पुर्वमन्त्री अनिल कुमार झाले नेपाल भारत बिचको सम्बन्ध परापुर्बकाल देखि चलि आएको बताए ।संवादमानेपाली कांग्रेस पार्टीको जिल्ला सभापति जितेन्द्र प्रसाद यादव उर्फ सुनिल,भारतिय बाणिज्य दुतावास बिरगंजका प्रमुख नितिस कुमार, नेकपा एसका नेता रेवन्त झा , लोसपा नेता अनिल कुमार सिह ,महिला नेत्री अन्जु झा,भारतका बरिस्ठ पत्रकार अमरेन्द्र तिवारीले मैत्री सम्बन्धको बारेमा बोलेका थिए । सो अवसरमा गौर नगरपालिकाको प्रमुख शम्भु साह, ईशनाथ नगरपालिकाको प्रमुख कौशल्या देबी सिन्हा, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, ईशनाथ नगरपालिकाको उप मेयर परवेज आलम, सहित नेपाल भारतकाे पत्रकारको उल्लेख सहभागीता रहेको थियो । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष किशोरी यादवकाे अध्यक्षतामा सम्पन्न भयाे ।