गरुडा,चैत १० गते
आज मार्च २४ तारिख अर्थात, विश्व क्षयरोग दिवस । नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरि क्षयरोग दिवस मनाइएको छ । यो वर्षको नारा ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने रहेको छ ।
देशैभरी मनाउने क्रममा रौतहटमा पनि विश्व क्षयरोग दिवस मनाइएको छ । जिल्लाको बौधीमाई नगरपालिकाको सवास्थ्य शाखाको आयोजनामा सो नगरपालिकाको वडामा रहेको स्वास्थ्य चौकीमा विश्व क्षयरोग दिवस मनाइएको छ ।
सो अवसरमा स्वंयम् सेविका र सेवाग्राहीहरुको उपस्थिती रहेको सि.अ.हे.व. कस्तुभमनी साहले जानकारी गराउनु् भयो । सो कार्यक्रममा क्षयरोग रोगको बारेमा विस्तृतरुपमा सहभागिहरुलाइ जानकारी गराइएको थियो ।
सन् १८८२ मार्च २४ का दिन डाक्टर रोबर्ट कोचले क्षयरोगको जीवाणु पत्ता लगाएका थिए । त्यसको एक सय वर्षपछि सन् १९८२ मा २४ मार्चदेखि विश्व क्षयरोग दिवस मनाउने गरिएको हो । रौतहट जिल्लाको हरेका स्वास्थ्य चौकीमा विश्व क्षयरोग दिवस मनाइएको बुझिएको छ ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय