July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

लुम्बिनी प्रदेशकी विना विभागीय मन्त्री कृष्णा केसीद्वारा राजीनामा

 

दाङ –

लुम्बिनी प्रदेशकी विना विभागीय मन्त्री कृष्णा केसीले राजिनामा दिनु भएको छ ।

पुस २८ गते मुख्यमन्त्रीले सपथ लिएकै दिन माओवादी केन्द्रबाट विना विभागीय मन्त्री बन्नु भएकी केसीले भौतिक पूर्वाधार मन्त्रालय माग गरेको तर पार्टीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउन खोजेपछि राजिनामा दिएको बताउनु भएको छ । लुम्बिनी प्रदेशमा भोलि मन्त्रिपरिषद् विस्तार हुँदैछ ।

सरकारसँगको असन्तुष्टि भन्दा पनि पार्टिभित्रको असन्तुष्टिका कारण राजीनामाको कुरा आएको तर मुख्यमन्त्री समक्ष अझै राजिनामा पत्र नआएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

आफू एक कार्यक्रमका लागि लुम्बिनी आएकोले राजीनामा सम्बन्धी कुनै जानकारी नभएको मुख्यमन्त्री गिरीले बताउनुभयो ।

राजीनामा बुझाउनु भएकी विना विभागीय मन्त्री कृष्णा केसीले आफूले राजिनामा पत्र मुख्यमन्त्री कार्यालयमा बुझाएको र सबै कुरा त्यसमै उल्लेख गरेको तथा आफू घरतर्फ हिँडेको बताउनुभयो ।

भोलि माघ २९ गते लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारमा आफू राम्रो मन्त्रालयमा जान नपाएपछि राजीनामा दिएको हुन सक्ने एक माओवादी नेताले बताउनुभयो ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले राजीनामा बुझाएको बारेमा आफूलाई केहीे जानकारी नभएको बताउनुभयो ।