सप्तरी, ३ पुस
सप्तरीमा प्रहरीले अबैध गाँजा फडानी गर्ने अभियान सुरु गरेको एक महिनाको अवधिमा ५ हजारभन्दा बढी गाजाको बोट फडानी गरेर नष्ट गरेको छ।मंसिर १ गते सुरु भएको अभियान २९ गतेसम्म चलेको हो ।
अवैध गाँजा फडानी अभियान तीव्र पारेपछि एक महिनामा धेरै संख्यामा गाजाको बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्ले जानकारी दिएका छन् ।
जिल्ला प्रहरीको मातहतका ईलाका प्रहरी कार्यालयबाट खटिएका टोलीले ५ हजार ३४ बोट गाँजा फडानी गरी नष्ट गरेको काफ्लेको भनाइ छ ।
लागूऔषध प्रयोगकर्ता बढ्दै गएको भनि जनगुनासो बढदै गएपछि गाँजाको बोट नष्ट गर्ने अभियान संचालन गरिएको हो ।
सप्तरीमा व्यवसायिक रुपमा गाँजा खेती नगरिए पनि लुकिछिपी करेसा बारीमा ठूलो संख्यामा गाँजाको बोट लगाएको भेटिएको प्रवक्ता काफ्लेको भनाइ रहेको छ । न्यूज कारखाना
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय