रौतहट, १९ कार्तिक
रौतहट क्षेत्र नं–४ (ख) का स्वतन्त्र उम्मेदवार रवि जयसवालको पक्षमा जन लहर बढ्दै गएको छ । जिप छाप लिएर पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका जयसवालले रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ (ख) का निवर्तमान प्रदेश सांसद फुलबाबुलाई कडा चुनौती दिने आंकलन गरेको हो ।
जयसवाल यतिबेला घरदैलो कार्यक्रमलाई तिब्र पारेका छन् । रौतहट क्षेत्र नम्बर ४ (ख)मा आज गढीमाई नगरपालिकाको सुन्दरपुर, सङ्ग्रामपुर र पर्सामा घरदैलो कार्यक्रम गरेका हुन् । रविको चुनाव चिन्ह जिप छाप प्रति जनताको आकर्षण बढ्दै गएको देखिन्छ ।
विगत लामो समयदेखि सफल ब्यवसायि तथा विभिन्न समाजसेवामा सक्रिय रहेका जयसवालको उम्मेदवारीले मतदाता समेत उत्साहित भएको पाइएको छ ।
रौतहट क्षेत्र नम्वर ४ (ख) का स्वतन्त्र उम्मेद्वार रवि जयसवालले आफ्नो जितको आधार मतदाताले देखाएको सद्भाव र मायाँ भएको बताएका छन् । स्वतन्त्र उम्मेदवार जयसवालको पक्षमा मतदान गर्न आह्वान गर्दै स्वस्फूर्त रुपमा मतदाताहरु नै घरदैलो गरिरहेका छन् ।
यस अघि जितेर गएकाहरु फर्केर नआउने गरेको भन्दै अब दलीय उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवार जयसवाललाई विजयी बनाउने गरि मतदाताहरु नै घरघरमा पुगिरहेको पाइन्छ । कुनै पनि पदमा नरहँदा पनि जयसवाल युवालाई अगाडी बढाऊन र समाजमासेवामा खटेकाले उनलाई जिताएर पठाए यस क्षेत्रको विकासका साथै दबिएका आबाज बुलन्द हुने जनताको विश्वास छ ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय