July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहट २ मा स्वतन्त्र उम्मेदवार किरण शाहले चुनाव प्रचारप्रसारलाइ दिए तिव्रता

रौतहट, १८ गते कार्तिक

रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार युवा नेता किरण साहले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । स्वतन्त्र रुपमा उम्मेदवार बनेका साहले शुक्रबार फतुवा महेशपुरमा घरदैलो कार्यक्रम गरेका छन् । साहले घरदैलो कार्यक्रमका क्रममा जनतालाई संसदमा आफूले जनताको आवाज निर्भीक भएर राख्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचन क्षेत्र २ को समग्र विकासको आफ्नो खाकाबारे आममतदाता लाइ बताउँदै उनले सो क्षेत्रले समग्र विकासको लागि पर्ने बताए । राजपुर नगरपालिकाको वार्ड नम्बर २ फतुवा महेशपुरमा घरदैलोको क्रममा आम भेला आयोजन गरिएको थियो । कार्यक्रमको अध्यक्षता बिनोद्ध सोनारले गर्नु भएको थियो । प्रमुख अतिथकिो रुपमा स्वतन्त्र प्रतिनिधि सभा उम्मेदवार किरण कुमार साह र बिशिष्ट अतिथि शेख फजलेहक,अतिथीहरु रबिन्द्र प्रसाद,दिनेश प्रसाद चौधरि,सन्जय यादव ,अमिल अख्तर,सहाबुदिन तथा सयौं नेता कार्यकार्ता भद्रभलादमी सहित हजारौंको जनसहभागिता मा हर्शोउल्लास पुर्वक आम भेला सम्पन्न भएको छ ।