September 9, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

शुक्रबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ।

शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर प्रकाशित गर्दै अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३२ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९२ पैसा छ। बिहिबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ १६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७६ पैसा छ।

युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५७ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८३ रुपैयाँ १४ पैसा र बिक्रीमा ८३ रुपैयाँ ५१ पैसा छ।

क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५० पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९३ रुपैयाँ ०४ पैसा र बिक्रीमा ९३ रुपैयाँ ४६ पैसा तोकिएको छ।

त्यस्तै, जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९२ पैसा र बिक्रीमूल्य ८ रुपैयाँ ९६ पैसा, चाइनिज येन एकको खरिददर १८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८ रुपैयाँ १७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ३३ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ५० पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा र बिक्रीदर २८ रुपैयाँ ०२ पैसा रहेको छ।