रामसरन यादव भदौ १५ गते
रौतहट जिल्लाको उतारी र पश्चिम भेग अवस्थित फतुवा विजयपुर नगरपालिका वडा न २ माध्यमिक बिधालय सितलपुरमा अज्ञात समूहले तोडफोड गरेको छ । विद्यालयको ओफ़िस रुममा को ताला काटेर दुई थान कम्प्युटर मध्य एउटा तोडफोड गरिएको अवस्थामा बिधालयको आसपासमा फालिएको र एउटा कम्पुटर चोरी गरेर लगिएको छ। सो घटना मंगलबार राति करिब १ बजेको समयमा भएको अनुमान गरिएको प्रधानाध्यापक श्रीनारायण साहले जानकारी दिए ।
विद्यालयको उक्त सामग्री तोडफोडबाट विद्यालयको झण्डै रु एक लाख ५० हजार भन्दाबढी क्षति भएको अनुमान गरिएको छ ।
ईलाका प्रहरी कार्यालय संतपुरको प्रहरी प्रमुख मुकेश कुमार सिंहले घटनास्थल हेर्दा अज्ञात समूहमै आएका व्यक्तिले तोडफोड गरेको देखिएको र सङ्कास्पद व्यक्तिको खोजी भइरहेको सिंहले बताए । तोडफोड गरिएका एउटा कम्प्युटरलगतय उपकरण काम नलाग्ने अवस्थामा छन् ।
More Stories
रौतहटको गरुडा नगरपालिका यसै आर्थिक वर्षमा आफनै प्रशासकिय भवनमा सर्ने :- नगर प्रमुख जयसवाल
निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन माग
मधानी महोत्सव : नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसंगै सम्पन्न