रामप्रवेश बैठा,रौतहट, बैशाख ११
रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत कटहरिया नगरपालिका वडा नम्बर ४ का नगर प्रवक्ता एवम् वाडाध्यक्ष चन्दन कुशवाहाको आज विदाई कार्यक्रम भएको छ । वडा कार्यालयद्धारा आयोजीत कार्यक्रममा आईतबार वडाध्यक्ष कुशवाहालाई विदाई गरिएको हो ।
वडाध्यक्ष कुशवाहाद्धारा वडा कार्यालयमा फुलको बोट तथा राष्ट्रिय झण्डा फराएर उनलाई विदाई गरिएको थियो ।स्थानीय तहको निर्वाचन नजिकिए संगै आजबाट वडाध्यक्ष वडा कार्यालयको जिम्मेवारीबाट मुक्त भएका छन् । र अब फेरी वडा अध्यक्षको उम्मेद्धारीमा जाने भएको उनले बताएका छन् ।वडाध्यक्ष कुशवाहाले सबै नगरबासिलाई अगामी ३० गते हुने स्थानीय तहको निर्वाचनमा साथ र सहयोग गर्न आग्रह गरेका छन् ।
उनले कार्यक्रममा ५ वर्षको कार्यकालमा गरेको सबै कार्यहरुलाई प्रष्टयाउदै भने कि मलाई थाह छैन् कि यो पदमा म फेरी हुन्छु कि हुदैन तर, तपाई हरुसंग अनुरोध छ कि नेतालाई मात्र न हेनु काम र असल व्यक्तिलाई आफ्नो मत दिनका लागि अनुरोध समेत गरेका छन् ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय