प्रेमचन्द्र झा
कार्तिक ३० गते
राैतहट ।मधेस प्रदेस सरकारका उधोग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाले गाैरमा पर्यटन विकास कार्यालयको एक समारोह बिच शुक्रबार उदघाटन गरेका छन । प्रमुख अतिथिको आसनबाट समारोहलाई सम्बोधन गर्दै प्रदेस सरकारले मधेसका पर्यटन क्षेत्रको बिकासका लागि कुनै कसर बाकि नराख्ने दाबि गरे । मधेस प्रदेसको दुई वटा जिल्लालाई जोडेर पर्यटन सर्किट बनाउनलागेको बताए। उदघाटन भएको कार्यालय बाट राैतहट र सर्लाही जिल्लाको पर्यटन क्षेत्रको विकास तथा प्रचारप्रसार हुने विश्वास व्यक्त मन्त्री अलिले गरेका छन । पर्यटन विकास कार्यालय गाैर राैतहटका पर्यटन विकास अधिकृत संजय कुमार मिश्रको अध्यक्षतामा भएको साे उदधाटन समारोहमा वन तथा वातावरण मन्त्री त्रिभुवन साह,प्रदेस सभासदस्य ईन्दु साह, जिल्ला समन्वय समिति राैतहटका प्रमुख रामअयाेध्या राय यादव, गाैर नगर प्रमुख शम्भु साह ,उधोग वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव सुशील साह ,राैतहट उधाेग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवाल सहितले कार्यालय स्थापना भएकोमा शुभकामना व्यक्त गरेका छन ।
More Stories
मौलापुर नगरपालिकामा एचपीभी खोपसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
निजगढ अन्तर्राष्ट्रिय विमान स्थलकाे एयर रुटलाई लिएर विवाद खडा नगर्न पुर्ब प्रधान मन्त्री माधव नेपालले भारत सरकारसंग गरे अनुराेध
पोखराबाट प्रभु साहको गर्जन, ‘प्रधानमन्त्रीज्यू तपाई पोखराको पर्यटकीय विकासका लागि के गर्नुभयो ?’