October 18, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहट प्रहरीद्धारा दश क्यून्टल सपारी बरामद

रौतहट, ९ असार ।

रौतहट प्रहरीले ठूलो परिमाणमा सुपारी बरामद गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा विशेष सूचनाको आधारमा शनिवार मध्य राति १२.३० बजेको समयमा चन्द्रपु नगरपालिका वडा नम्वर १ पौराई स्थित पूर्व पश्चिम राजमार्ग प्रहरीको गस्ती टोलीले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेका यात्रुबाहक बसको डिक्कीबाट करिव एक हजार किलोग्राम सुपारी बेवारिसे अवस्थामा बरामद गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले गस्तीमा रहेका प्रहरीले पौराई स्थित सडक खण्डमा झापाबाट नेपालगंज तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२९३ नम्वरको बस रोकी चेकजाँच गर्दा उक्त बसका पछाडी रहेको डिकीमा राखिएको ३३ बोरा सुपारी फेला परेको बताइन् ।
उक्त सुपारी कसको हो भन्ने वारेमा वसमा यात्रारत यात्रुहरु संग सोधपुछ गर्दा कोही कसैले हक दावी नगरेको एक हजार किलोग्राम सुपारीलाई नियन्त्रणमा लिएको उनले भनिन ।
बेवारिसे अवस्थामा बरामद गरिएका एक हजार किलोग्राम सुपारीको अन्दाजी मूल्य साढे आठ लाख बराबर रहेको बताउदै डिएसपी गिरीले आवश्यक कारवाहीको लागि सुपारीलाई राजश्व अनुसन्धान कार्यालय वाराको पथलैयाको जिम्मा लगाइयो ।