फाल्गुन ९ गते
प्रेमचन्द्र झा
राैतहट । देवाही गोनाही नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयघात भई निधन भएकोमा स्वास्थ्य कार्यालय राैतहटले श्रदाञ्जली व्यक्त गरेका छन । ।
स्वास्थ्य कार्यालय राैतहटको आयोजनामा जिल्ला समन्वय समिति राैतहटका प्रमुख राम अयाेध्या यादवकाे अध्यक्षतामा सियापैलेस गाैरमा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख यादवको निधन भएकोमा एक कार्यक्रम बिच श्रदाञ्जली व्यक्त गरिएको हो ।
देवाही गोनाही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवका मृत आत्माको चिर शान्तिका लागि कामना सहित एक मिनट माैन धारण गरि श्रदाञ्जली अर्पन गरेका छन। साे कार्यक्रममा राैतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, स्वास्थ्य कार्यालय प्रमुख विपिन कुमार साह ,नेपाल रेडक्रसका सभापति राजकिशाेर यादव सशस्त्र प्रहरी बल राैतहटका सशस्त्र प्रहरी उपरीक्षक बिक्रम कुमार राई सहितले स्वास्थ्य प्रमुख यादवको असामयिक निधन भएको खबरले दुखी बनाएको भन्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन एवम् आफन्तजनमा गहिरो समवेदना समेतब प्रकट गरेका छन ।
More Stories
घरेलु कामदारको लागि कानून ल्याउन सरकारसमक्ष प्रभु साहको माग
पत्रकार महासंघ राैतहटको अध्यक्षमा ४ जनाकाे उम्मेदवारी,राम प्रवेश बैठा लगायत ११ जना सदस्य निर्विरोध ।
५१ प्रतिशत ढ लागि देशैभरी आन्दोलनका लागि तयार रहन महिला मोर्चाका अध्यक्ष बबिताको आह्वान