काठमाडौं :
उपप्रधान तथा गृह मन्त्रीमा शपथ लिएको ठीक एक महिनापछि रवि लामिछानेको सांसद पद खारेज भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछाने गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन २ बाट निर्वाचित भएपछि सत्तामा सहभागी भएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शीतल निवास पुगेर पुस ११ गते साँझ उपप्रधान तथा गृहमन्त्रीका रुपमा लामिछानेले शपथ लिएका थिए। अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनप्राप्ति नगरेको भन्दै अधिवक्ताहरु रविराज बसौला र युवराज सफलले उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
More Stories
कर, नकारात्मक क्रियाकलाप, समाजमा सुशासन कायम गर्न लगायतको विषय राख्दै कर्कचमा युवाहरूद्वारा विरोध र्याली
मिति वि।स।२०८१ श्रावन ०२ गते प्रकाशित नेपाल मधेश खबर पढनुहोस् ।
मिति वि.स.२०८१ सावन ०१ गते प्रकाशित नेपाल मधेश खबर पढनुहोस् ।