राैतहट,मंसिर १५ गते
राैतहट । गाैर नगरपालिकाका नगरप्रमुख शम्भ साहले परिवार नियोजन शिविरको विहिवार अनुगमन गरेका हुन । स्वास्थ्य कार्यालय राैतहटको आयोजना तथा सुनाैलो नेपालको आर्थिक सहयोगमा सन्चालित भ्याकसेटोमी तथा मिनील्याप अपरेसन शिविरकाे गाैर नगरपालिका वडा नम्बर ६ मा अनुगमन गर्नु भयाे । साे अवसरमा वडा अध्यक्ष अवध विहारी प्रसाद तेली , गाैर नगरपालिकाका स्वास्थ्य संयोजक प्रमोद यादव लगायतका स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो । नगर प्रमुख साहले घुम्ति शिविरको हाल सम्मको प्रगति बारे जानकारी लिदै परिवार नियोजन शिबिरको लाभ लिन जनसमुदाय संग अनुराेध गरेका छन ।
More Stories
ठागा दासको अध्यक्षतामा ७७ सदस्यीय आम दलित मोर्चाको केन्द्रीय कमिटी गठन
श्री मा.बी.कर्कच गूठीमा निर्वाचनको प्रक्रियाबाट बिधालय व्यवस्थापन समिति चयन हुने
शिवनगर अस्पतालला एक महिनामा २ सुत्केरी महिलाको मृत्यु, अवस्था तनावग्रस्त ।