July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

माैलापुर पताैरामा बिधालय भवनकाे प्रभु साहले गरे उदघाटन,मावि सञ्चालन हुने

राजकुमार यादव,माैलापुर,फाल्गुन १२ गते
आज विहिबार मौलापुर नगरपालिकाकाे पतौरा स्थित श्री जवाहर साह आधारभुत विधालयको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व मंत्री प्रभु साहले उद्घाटन गरेका छन् ।
पूर्व मन्त्री साहको नेतृत्वमा र नगर प्रमुख रिना कुमारी साहकाे पहलमा ३७४ दिनमा ३ करोड ६६ लाखको लागतमा विधालयको जग्गा खरिद गरी दुई तल्ले आठ कोठे भवन निर्माण भएको हो । सो विधालय भित्र ४ कोठे भवन निर्माणधीन रहको छ । निर्माणधीन भवनको कार्य जारी रहेको छ । २०७७ साल फागुन ३ गतेका दिन भवनको शिलान्यास मौलापुर नगरपालिकाको नगर प्रमुख रिना कुमारी साहले गर्नु भएको थियाे ।
सो विधालय परिसरको कुल क्षेत्रफल १ विगहा १० धुर जग्गा एक करोडमा मौलापुर नगरपालिकाले रम्भा देवी साह,नागेन्द्र प्रसाद साह,ब्रहम देव प्रसाद साह लक्ष्मी साह र जवाहर साह संग खरिद गरी पालिकाले शिक्षामा टेवा पुर्याएको छ।

पूर्व मंत्री प्रभु साहको पहलमा नगर एवं निर्वाचन क्षेत्र भित्रका विधालयका लागी भौतिक संरचना निर्माण गर्ने, पुरानो भवनको मर्मत सुधार गर्ने, डेक्स वेन्च लगायत फर्निचरको व्यवस्था गर्ने, विधालय सौन्दर्यीकरण गर्ने र प्रविधियुक्त बनाउन विधालय तथा विधार्थीहरुका लागी लैपटप वितरण गर्ने लगायतका कार्यहरू भएका छ्न् । त्यस्तै मौलापुर नगरपालिकाले आफ्नो कार्यकालमा हाल सम्म नवनिर्मित विधालयको १०० ओटा कोठा संचालनमा ल्याएको पूर्व मंत्री साहले उदघाटन कार्यक्रममा बताए।
कार्यक्रम बीच पूर्वमंत्री साहले एकिकृत समाजवादी पार्टीका नेता कमल यादव र माओवादी नेता विन्देश्व यादव संग हिसाब मांगेका छ्न् । २०५४ साल देखी रौतहट जिल्लाकाे जिल्ला विकासका मालिक रहेका एकिकृत समाजवादी पार्टी नेता यादवले करोडौ रूपैयाको बजेट चलाएको भन्दै साहले हिसाब मांगेका हुन् ।
पूर्व मंत्री साहको प्रमुख अतिथ्य तथा मौलापुर नगरपालिका नगर प्रमुख रिना कुमारी साहको अध्यक्षतामा भएको भवन उद्धघाटन समाराेहमा एमाले पार्टीका मधेश प्रदेश सदस्य राजन यादव (मनोज) जिल्ला अध्यक्ष त्रिभुवन साह (अमर) एमाले पार्टीको नगर अध्यक्ष फतुवा विजयपुर अध्यक्ष विजय यादव निर्विज, देवाही गोनाही नगर उपप्रमुख परनिया देवी पटेल र एमाले नेता वडाध्यक्ष श्रीभगवान पटेल,स्थानीय नेता राजन साह लगायत एमाले पार्टीका नेता तथा कार्यकर्ता समेतको उपस्थिति रहेको थियो ।