रौतहट ,३ फाल्गुन ।
रौतहटको सदरमुकाम गौरको नगरपालिका हलमा आज शनिवारका दिन सि.अ.अ.हे.व/सि.अ.नमी पाचौं स्वास्थ्यकर्मी जिल्ला स्तरीय संघर्ष भेला सम्पन्न भएको छ।
संघर्ष भेलाबाट कासी साहको अध्यक्षतामा रौतहटको बागडोर दिइएको हो।
सि.अ.अ.हे.व/सि.अ.नमी पाचौं स्वास्थ्यकर्मी जिल्ला स्तरीय संघर्ष समिति रौतहटको संयोजकमा काशी साह,सहसंयोजकमा राजेश यादव,वसिम अख्तर खान ,हरेन्द्र पडित,अनिता यादव कोषाध्यक्षमा संजिव कुमार साह,प्रमिला अधिकारि सचिवमा कौस्तुभमणी साह लगायतका पदाधिकारीहरु सहितको ३१ सदस्यीय जिल्ला समिति चयन भएको छ।
२०५३ ऐन अनुसारको सेवासुविधाबाट बंचित गरेपछी हामी बाध्य भएर संघर्षको बाटो अपनाएको मधेश प्रदेश समिति सल्लाहकार ललन साहले बताए।
लोक सेवा आयोग बाट नियुक्त भएका सि.अ.अ.हे.व/सि.अ.नमी स्वास्थ्यकर्मीहरुलाई देशको अरु प्रदेशमा स्तरबृद्धी गरेको तर मधेश प्रदेशमा स्तर बृद्धि नगरेको हुदा स्तर वृद्धि गराउन पटकपटक मधेश सरकारको ध्यानाकर्षण गराउदापनी कुनै वास्ता गरेको छैन सल्लाहकार साहले बताए।फाल्गुन १५ गते भित्र प्रदेश सन्सदमा यो प्रस्ताव पेश गर्ने कानुन मन्त्री राजकुमार लेखीले प्रतिबद्धता जनाए अनुसार हामी प्रतिक्षामा छौं ।सरकार हाम्रो माग प्रती सकारात्मक भए ठिकै छ नत्र हामी चरण बद्ध आन्दोलनमा जाने सल्लाहकार ललन साहले चेतावनीसमेत दिए।
रौतहटको २/४ पालिका बाहेक सम्पुर्ण पालिकामा संघर्ष समिति गठन भइसकेको र बाकी पालिकामा केही दिनमै गठन हुने बताए।
More Stories
निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन माग
मधानी महोत्सव : नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसंगै सम्पन्न
नेपाल–भारतका स्टारको मौलापुरमा विशेष सांकृतिक कार्यक्रम, लाखौंको भिड