January 15, 2025

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

महिला हिंसा विरुद्वको१६ दिने अभियानकाे अवसरमा जिल्लामा विभिन्न कार्यक्रम गरि मनाईने

प्रेमचन्द्र झा

मंसिर ०६ गते
राैतहट । अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्वको१६ दिने अभियानकाे अवसरमा जिल्लामा विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । जिल्ला लैङ्गिक हिन्सा नियन्त्रण संजाल समितिका अध्यक्ष प्रहरी उपरीक्षक दिलिप घिमिरेको अध्यक्षतामा गरुडामा भएको बैठकले मसिर १० गते देखि मंसिर २६ गते विभिन्न कार्यक्रम गर्ने निर्णय गरेका छन । सो बैठकले मसिर १० गते गरुडामा रयाली तथा पम्पलेट वितरण ,११ गते चन्द्रनिगापुरमा मानव वेचविखन विरुद्व सम्बन्धि , १२ गते देवाही गोनाहीमा दाइजो पर्था सम्बन्धि ,१३ गते माैलापुरमा जातिय छुवाछुत विरुद्व ,१४ गते चन्द्रपुरकाे डुमरियामा विवाह कसुर सम्बन्धि ,१५ गते कटहरियामा घरेलु हिंसा सम्बन्धि ,१७ गते राजदेवीमा साईबर क्राईम सम्बन्धि , १८ गते गरुडामा विवाह कसुर सम्बन्धि ,१९ गते गाैरमा साईबर क्राईम सम्बन्धि, २० गते ईसनाथमा करणी कसुर सम्बन्धि ,२१गते राजपुरमा विवाह कसुर सम्बन्धि , २२गते वृन्दावन र गढिमाईमा बोक्सी कसुर सम्बन्धि ,२३ गते माधवनारायणमा लैङ्गिक हिन्सा विरुद्व सम्बन्धि , २४ गते फतुवा विजयपुरको लक्ष्मिनियामा विवाह कसुर सम्बन्धि र २५ गते गाैरमा रयाली तथा दिवस समापन कार्यक्रम गर्ने निर्णय भएका छन । सो बैठकमा समितिका पुर्व अध्यक्ष विपिन गाैतम , महिला अधिकारकर्मिद्वय किरण ठाकुर र गिता कुशवाहा,संरक्षण नेपालका भाग्य नारायण महताे, छोरी संस्थाका कोपिला तिमल्सिना , अधिवक्ता दीलिप कोईराला ,सहितका अधिकारकर्मि समितिका पदाधिकारीकाे उपस्थिति रहेकाे थियाे ।