राम प्रवेश बैठा १९ गते कर्तिक
रौतहटको मौलापुर नगरपालिकाद्वारा नवनिर्मित श्री माध्यमिक विद्यालय पथरा बुधरामको ४ कोठे विद्यालय भवनको समुद्घाटन सङ्घीय सांसद एवं पूर्वमन्त्री माननीय प्रभु साहज्यूको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कुमार यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नगर प्रमुख रिनाकुमारी साह, प्रमुख प्रशासकीय अधिकृत राम बाबु साह उदघोषक लखिन्द्र यादव विभिन्न विद्यालयका प्रधानाध्यापक, नगरपालिकाका कार्यपालिका सदस्यहरू, शिक्षक, विद्यार्थी, अभिभावक, पत्रकार मौलापुर एफ.एम १००.७ मेगाहर्ज को मैनेजर राम प्रवेश बैठा एवं आम जनसमुदायको उत्साहजनक सहभागिता रहेको थियो।
नवनिर्मित भवन सम्बन्धी विवरण
१. भवनको प्लिन्थ एरिया : १४४० वर्ग फिट
२. कक्षा कोठाको सङ्ख्या : ४ वटा
३. कक्षा कोठाको साइज : २३ फिट × १५ फिट
४. बरण्डाको साइज : ६० फिट × ६ फिट
५. सिढी घरको साइज : १५ फिट × १० फिट
६. प्रत्येक कक्षा कोठामा झ्याल सङ्ख्या : ४ वटा
७. प्रत्येक कक्षा कोठामा ढोकाको सङ्ख्या : २ वटा
८. भवनको कुल लागत : ५० लाख
९. नगरपालिकाबाट अनुदान : ४५ लाख
१०. स्थानीय सहभागिता : ५ लाख
विभिन्न बाधा अवरोधलाई चिर्दै भवन निर्माण तथा शैक्षिक सुधारमा अहोरात्र खटिई योगदान पुर्याउनुभएका प्रअ राजेश सिंह, बिरीचन राम, सर्युग यादव, सुरेन्द्र यादव, निर्माणकर्मी उमेश यादव र शिक्षक लखिन्द्र यादवलाई प्रमुख अतिथिज्यूबाट सम्मान पत्र हस्तान्तरण गरिएको थियो।
कार्यक्रमको सञ्चालन तथा उद्घोषण शिक्षक लखेन्द्र यादवले गर्नुभएको थियो।
विक्रम सम्वत् २०१४ सालमा स्थापना भएको यस विद्यालयबाट संघीय सांसद माननीय प्रभु साहज्यू,संविधानसभा सदस्य माननीय अशोक जयसवालज्यूले विद्यालय तहका शिक्षा आर्जन गर्नुभएको थियो।
यस विद्यालयबाट माध्यमिक तहको शिक्षा आर्जन गर्नुभएका ३ दर्जन भन्दा बढी स्वास्थ्यकर्मी,शिक्षक, कर्मचारीहरू हाल मौलापुर् नगरपालिका अन्तर्गत कार्यरत रहेका छन्।
६७ वर्ष पुरानो यस ऐतिहासिक विद्यालयले अपेक्षाकृत प्रगति हासिल गर्न सकेको छैन।
माननीय प्रभु साहज्यूको पहलकदमी, युवा प्रअ राजेश सिंहको कार्यकुशलता, विद्यालय व्यवस्थापन समितिका युवा अध्यक्ष विवेक कुमार यादवको जोस जागर र जुझारुपन, मौलापुर नगरपालिकाको समन्वयकारी भूमिका तथा आम अभिभावक तथा पथरावासीको साथ सहयोग एवं सद्भावले यस विद्यालयमा रहेका सम्पूर्ण अधुरा योजनाहरू सम्पन्न भई विक्रम सम्वत २०८४ सालमा यस विद्यालयको ७०औँ वार्षिक उत्सव (Platinum jubilee) भव्य रूपमा मनाउन सफल होस् भनी छठी मातासँग कामना गर्दै कार्यक्रम सम्पन्न भएको छ
More Stories
५१ प्रतिशत ढ लागि देशैभरी आन्दोलनका लागि तयार रहन महिला मोर्चाका अध्यक्ष बबिताको आह्वान
नेपालमा प्रमुख राजनैतिक दलका नेताहरुले देशमा गरिबी बढाए :- बरिस्ठ उपाध्यक्ष गिरी
प्रधानमन्त्री ओलीसंग प्रभु साहको प्रश्न, ‘तपाईको सडक प्रदर्शन कसको बिरुद्धमा हो ?’