September 20, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

संविधान दिवसको अवसरमा राैतहटमा बृहत बृक्षारोपण

प्रेमचन्द्र झा

भदाै ०४ गते
राैतहट ।नेपाली सेनाले राैतहटको चुरे क्षेत्रमा सात हजार बिरुवा रोपेर संविधान दिवस मनाएका छन । चन्द्रपुर नगरपालिका ८ मरधर धार्मिक वन क्षेत्र भित्र रौतहट क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्य प्रमुख अतिथी देव प्रसाद तिमिल्सिनाले एक कार्यक्रम बीच उदघाटन गरेका थिए । सो कार्यक्रममा सिसाै , खयर , अमला, सतिसाल,मलेसियन साल, ईमली , बेल,रुद्राक्ष र आप जातका सात हजार बिरुवा राेपेर वृहत्त वृक्षारोपण गरिएका छन।नेपाली सेना वीरदल गणको आयोजनामा चाँदी धार्मिक वन व्यवस्थापन समितिसँगको सहकार्यमा सो वृक्षारोपण गरिएको हो ।चुरे भावर क्षेत्र संरक्षणमा नेपाली सेनाले अग्रसरता देखाउन संविधान दिवसको अवसर पारेर चन्द्रपुर न.पा. ८ मरधर धार्मिक वन क्षेत्रमा वृहत् वृक्षारोपण गरिएकाे हो। सो कार्यक्रममा विशिष्ट अतिथीहरु प्रदेश सभा सदस्य युवराज भट्टराइ तथा श्री नं. २८ बाहिनीका बाहिनीपति सहायक रथि राजेन्द्र मणि गिरीको मुख्य उपस्थिति रहेको थियो ।
चुरे क्षेत्र संरक्षणमा नेपाली सेनाको सहयोग बढाउने उदेश्यले उक्त वृहत् वृक्षारोपण गरिएको नेपाली सेना विरदल गणका गणपति प्रमुख सेनानी किशाेर अधिकारीले बताए। कार्यक्रममा जिल्ला प्रसाशन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी नरेस प्रसाद यादव, राैतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरे , सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाई , राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख अभिनय कुमार सिंह डिभिजन वन कार्यालय रौतहटका डिभिजन प्रमुख हेमन्त प्रसाद साह, चाँदि धार्मिक वन व्यवस्थापन समितिका अध्यक्ष तुलसी राज गिरी, स्थानिय का जनप्रतिनिधीहरु, नेपाल राष्ट्रिय भुतपुर्व संघका पदाधिकारीहरु, एकीकृत बचत तथा ऋण सहकारी संस्था लि.का प्रतिनिधीहरु, सि.सं. १९ सिनियर डिभिजन एनसीसीका छात्र छात्राहरु, मुनलाइट एकेडेमि, होलिभिजन एकेडेमि, बाल निकेतन विद्यालयका विद्यार्थीहरु, बुद्धिजिवी एवं स्थानिय बासिन्दाहरु समेत गरी करिब ५सय जनाको सहभागिता रहेको नेपाली सेना विरदल गणका सेनानी झनक थापाले बताए ।