July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कटहरियामा डिप्रोक्स लघुवित्तको वित्तीय साक्षरता एवम् केन्द्र प्रमुखको गोष्ठी सम्पन्न

रौतहट,११ गते फागुुन ।
कटहरिया–सामाजिक उक्तरदायित्व अन्तर्गत डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड कटहरिया शाखाको वित्तीय साक्षरता एवम् केन्द्र प्रमुखको गोष्ठी बिहिवार सम्पन्न भएको छ । कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित रहेको विवाह मण्डप भवनमा एक दिने गोष्ठी आयोजन गरिएको हो । कटहरिया नगरपालिकाकी उपप्रमुख रिता देवी यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।
कटहरिया शाखा अन्र्तगतका केन्द्र प्रमुखहरुलाई वित्तीय साक्षरता तथा बैंकिङ कारोबारमा हुने अपराध(सम्पत्ती सुद्धिकरण),कर्जा तथा बचतको महक्तव ,कर्जाको सही उपयोग ,लिएको कर्जा कति लिने र कसरी तिर्ने,संस्थाले उपलब्ध गरेका कर्जा निति ,नेपाल राष्ट्र बैंकको पहिलो श्रेणीको संस्था निति र व्यवसायीक बन्नको लागि आवश्यक पर्ने विभिन्न तालिमहरु लगायतका विषयहरुको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको डिप्रोक्स लघुविक्त कटहरिया शाखाले जनाएको हो ।
संस्थाको उदेश्यको बारेमा सहभागीहरुलाई भिडियो मार्फत समेत जानकारी गराइएको थियो । सो कार्यक्रममा कटहरिया शाखा अन्तर्गत ८ वटा पालिकाबाट ७५ जना केन्द्र प्रमुख महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिहरुले यस्ता कार्यक्रमले समाजमा लघुविक्त विक्तिय संस्था विरुद्ध फैलाइएको अफवाह हटाउन मदत पुुग्ने विश्वास व्यक्त गरेका थिए । अन्य वक्ताहरुले लघुविक्त संस्थाले विना धिता ऋण दिने भएकोले नेपालमा गरिबी उन्मूलनमा लघुवितको ठूूलो भूमिका रहेको उल्लेख गरेका थिए । विना धितो ७ लाख सम्म ऋण उपलब्ध गराउने भएकोले लघुविक्त संस्था सबैको हकहितका लागि फाइदाजनक रहेको धारण राखेका थिए ।
कार्यक्रममा सहभागि बौधीमाइ नगरपालिका वडा नम्बर २ इनरवा केन्द्र नम्बर १४५ कि प्रमुख रेखा कुमारी पटेल गाउँघरमा पुुरुष माथि निर्भर रहेका पिछडीएका महिलाहरुको हकमा लघुविक्त संस्था वरदानको रुपमा स्थापित भएको बताइन्् ।
उनले भनिन्,‘हामी लघुविक्त संस्था बाट जुुन प्रायोजनको लागि ऋण उठाएका छौं । त्यसमा खर्च नगरी अन्य शिर्षकमा खर्च गरेको कारण अहिले ऋण तिर्न नसक्ने अवस्था उत्पन्न भएको बताइन् । अहिले जुन ऋण काढेर ऋण सधाउने मानसिकता बसेको छ । त्यसलाइ परिवर्तन गर्नुपर्दछ उनले भनिन् ।
लघुविक्त बैंकले सानो सानो व्यापार गराएर आफनो खुुट्टा उभिन सिकाएको बताइन् । लघुुविक्त केवल कर्जाको लागि नभइ बचत गरेर आफनो भविष्य सुरक्षित राख्ने भरपर्दो माध्यम रहेको बताइन् ।
यता कार्यक्रममा बैंकिङ अपराध तथा साक्षरता सम्बन्धि जानकारी मधेश प्रदेश प्रमुख देशबन्धु चौधरीले गराएका थिए । कार्यक्रममा कटहरिया शाखा प्रबन्धक बैजु दासले स्वागत मन्तव्य व्यक्त गरेका थिए । वि.स २०७० साल जेठ २१ गते कटहरिया बजारमा स्थापना भएको यस शाखामा २ हजार ८ सय ९५ सक्रिय सदस्य रहेका छन् । १७ सय ५५ जना ऋणीमा संस्थाले ४२ करोड भन्दा बढी लगानी गरेको जनाइएको हो ।
सो अवसरमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका मधेश प्रदेश प्रमुख देशबन्धुु चौधरी सहित अनुुगमन अधिकृत सूूर्य विष्ट, लगायत केन्द्रका प्रमुखहरु,लघुविक्तका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।