बुधबार, असार २७, २०८०
एनआरएनए कप सिक्स ए साइड कप’ फुटबल प्रतियोगिताको उपाधि ग्रानभिल राइनोज क्लबले हात पारेको छ।
सेन्ट जोर्जलाई टाइब्रेकरमा ३-२ ले पराजित गर्दै ग्रानभिलले उपाधि हात पारेको हो।
निर्धारित पन्ध्र मिनेटको खेलमा एक एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
उपाधिको भिडन्तमा राजदिप थापामगर, सुपर गुरूङ र विवेक गुरूङले गोल गरेका थिए।
प्रतियोगितामा ग्रानभिलका राजदिप थापा मगर उत्कृष्ट खेलाडी घोषित भए।
प्रतियोगिताको उत्कृष्ट खेलाडीमा डाँफेका बिलक्षण थापा उत्कृष्ट मिडफिल्डर, हाइएस्ट गोल स्कोररमा रूपम लामा र वेष्ट डिफेन्डरमा सुपर गुरूङ छानिए।
प्रतियोगितामा विजेता ग्रानभिलले २५ सय डलर र ट्रफी हात पारेको छ।
ग्रानभिलले निकै उत्कृष्ट टोलीविरूद्ध निकै राम्रो खेल प्रदर्शन गरेर उपाधि भित्र्याएको क्लबका अध्यक्ष भीम बस्नेतले बताए।
प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका लगभग एक दर्जन खेलाडीहरूको सहभागिता थियो।
More Stories
इमर्जिङ नेसन्स कप क्रिकेटको लागि नेपाली टिमको घोषणा
बंगलादेशलाई हराउँदै कुवेत साफ च्याम्पियनसिपको फाइनलमा
महिला सिंगल्समा सुस्मितालाई स्वर्ण