प्रदीप कुमार दास
बैशाख ३० गते,शनिबार बारा
राष्ट्रिय तत्मा समाज नेपालको प्रथम जिल्ला अधिवेशन बाराको खुल्ला सत्र भव्यताका साथ समापन भई बन्द सत्र सुरु भएको छ । कार्यक्रम बारा जिल्लाको फेटा गाउँपालिका वडा नं – १ भलुहि भल्वरिया स्थित खैरा माई मन्दिर परिसरको प्रांगणमा भव्यताका साथ खुल्ला सत्र सम्पन्न भई बन्द सत्र सुरु भएको हो । कार्यक्रममा नेकपा (एमाले) मधेश प्रदेश सचेतक मा. लखन दास तत्मा को प्रमुख आतिथ्यता तथा फेटा गाउँपालिका वडा नं- १ को वडाध्यक्ष बिगन दास तत्मा को सभाध्यक्षतामा भव्य रूपमा सभाको समापन गरिएको हो । उक्त जिल्ला अधिवेशन कार्यक्रममा विशिष्ठ अतिथि राष्ट्रिय तत्मा समाज नेपालको पूर्व अध्यक्ष राज कुमार दास तत्मा ,रौतहट जिल्ला अध्यक्ष रामबाबु दास, बरिष्ठ उपाध्यक्ष झगरु दास तत्मा,महासचिव शंकर दास तत्मा, उपाध्यक्ष सिकेन्द्र दास तत्मा,राम ईश्वर दास,केन्द्रीय सदस्य राम बिनोद दास,पूर्व केन्द्रीय सदस्य रामदरेश दास तत्मा लगायत विभिन्न पदाधिकारीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
मधेस प्रदेशमा पिछडिएको समुदायमा रहेको तत्मा जाति पछिल्लो समय आफ्नो माग सम्बोधन र राज्यबाट पाउनु पर्ने अधिकारको लागि संगठित हुन थालेका छन् । पहिचान र राज्यको मुलधारमा प्रतिनिधित्व गराउने लगायत छुवाछुत, गरिबी, दाइजो, विपन्नता जस्ता कुरितिलाई निर्मुल पार्न सवलीकरण र सशक्तीकरण सहित शिक्षा, स्वास्थ्य र रोजगारीको लागि सरकार समक्ष आफ्ना मुद्दा उठाउन र पूरा गराउन भुमिका खेल्ने पु्र्वअध्यक्ष एवम् मधेश प्रदेश दलित आयोग समितिका सदस्य राजकुमार दासले बताउँनु भयो ।
उक्त अधिवेशनबाट चयन हुने पदधिकारीहरुको नाम बन्दसत्र पछि सर्वजनिक गर्ने पु्र्वअध्यक्ष एवम् मधेश प्रदेश दलित आयोग समितिका सदस्य दासले बताए ।
त्यस्तै , कार्यक्रममा फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारी,राजनीतिक समिति जसपाका सदस्य रामकिशोर यादव ,प्रसौनी गाउँपालिका अध्यक्ष विनोद पटेल ,स्थानीय मदन साह लगायत भरभलादमीहरुले पनि आ – आफ्नो शुभकामना मन्तव्य राखेका थिए । अधिवेशनमा बारा जिल्ला भरिका तत्मा स्वजातिय बन्धुहरुको भव्य उपस्थितिमा खुल्ला सत्र सम्पन्न भएको हो र बन्द सत्र सुरु भएको राष्ट्रिय तत्मा समाज नेपालको केन्द्रीय उपाध्यक्ष सीकेन्द्र दास तत्माले बताएका हुन् ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान