July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

माैलापुरमा बहुक्षेत्रीय पाेषण याेजना अन्तर्गत सुनाैलाे १००० दिनका आमाहरू लाई सामाग्री वितरण

राम प्रबेश बैठा / चैत १६ गते

राैतहटकाे माैलापुर नगरपालिकाको सुनाैलाे हजार दिनका आमाहरु र सुत्केरीहरुलाई अभिमूखिकरण कार्यक्रम तथा पोषण सम्बन्धी सामाग्रीहरु बितरण गरीएको छ । माैलापुर नगरपालिकाले पोषण सामाग्री बितरण गरेकाे हो ।
अभिमूखिकरण तथा पाेषण वितरण कार्यक्रममा गाउँघरमा प्रयोगहुने पोषणयुक्त खानाका अलावा मेडिकेटेड झुल,हर्लिक्स लगायतका सामाग्रीहरू वितरण गरिएको माैलापुर नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले जानकारी गराउनु भयाे ।

सामाग्रि बितरण कार्यक्रम नगर प्रमुख रिना कुमारी साहको अध्यक्षतामा भएकाे थियाे । कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा पूर्व प्रदेशसभा सदस्य कुन्दन कुशवाहा रह्नु भएको थियाे ।
कार्यक्रममा नाटककाे माध्यमले हाम्रो समाजमा सुत्केरी महिलाहरू माथि हुने गरेको गलत व्यवहार बारे चित्रण गरिएको थियाे ।

सुत्केरीलाइ पोषक तत्व आवश्यक रहेको भन्दै नि.प्रमुख प्रशासकीय रामबाबु साहले पोषिलो खाने कुरा खान नपाउँदा बच्चामा कुपोषण हुने हुँदा त्यसैलाई रोक्नका लागि सानो भए पनि सहयोगको रुपमा यो कार्यक्रम गरिएको जानकारी गराए ।

मधेस प्रदेश सरकारकाे सहयोगमा आमा र बच्चा दुवैलाई सुरक्षित पार्ने उदेश्यले माैलापुर नगरपालिकाले कार्यक्रम मार्फत सामानहरू वितरण गरेकाे नगरप्रमुख रिना कुमारी साहले बताउनु भयाे । नगरभरिका बालबालिकाहरूलाई कुपोषण हुन नदिन उक्त सामाग्री गरिएको उनले बताइन् ।

साे अवसरमा माैलपुर नगरपालिकाका उपमेयर नागेन्द्र राय यादव,जिल्ला समन्वय समिति राैतहटका सभापति रामअयाेध्या प्रसाद यादव,आजपा नेता ठागा दास,नागेन्द्र साह,आजपा जिल्ला ईन्चार्ज त्रिभुवन साह,लखिन्द्र यादव ,महीला स्वाथ्य संयमसेविका विभिन्न वडाका वडा अध्यक्षहरू लगायत स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेकाे थियाे ।

मेयर रीना कुमारी साहको विशेष पहलमा वितरण गरिएका मेडिकेटेड झूल र हर्लिक्स सँगै प्रदेश सरकार बाट उपलब्ध दाल-२ किलाे, खिर-२ किलाे, जाउलाे-२ किला, हलुआ-२ किलाे जस्ता पोषिलो सामग्रीहरु समेत समावेश रहेको बहुक्षेत्रीय पाेषण शाखाका प्रमुख रामनरेश साहले जानकारी गराउनु भयाे ।

कार्यक्रममा वडा नम्बर १ देखि ९ सम्मका एकजार दिनका आमाहरु र सुत्केरीहरु गरेर ७ सय ५० जना महिलाले सामाग्री पाएका थिए ।