July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

नगर प्रमुख कन्थमुणी प्रसाद जयसवालले निर्वाचित भए देखि नै दिन देखि नै विपक्षीहरुले असहयोग गर्दै आएको बताएका छन् 

रौतहट, ६ चैतरा

राम प्रबेश बैठा

रौतहटको गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमुणी प्रसाद जयसवालले निर्वाचित भए देखि नै दिन देखि नै विपक्षीहरुले असहयोग गर्दै आएको बताएका छन्

गरुडा नगरपालिकाद्धारा सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख जयसवालले नगरको समृद्ध विकास, नगरवासीलाई समृद्ध बनाउने कार्य, विकास निर्माण देखि लिएर शिक्षा ,स्वास्थ्यको क्षेत्रमा गरीने परिवर्तनबाट विपक्षीहरु अतालिएर विभिन्न षड्यन्त्र गर्नमा लागि परेको उनको भनाइ छ ।
अहिले सम्म आफूले गरेको कार्यहरुको सम्पूर्ण विवरणहरु दिन तयार रहेको तर त्यसको विधि प्रक्रियाहरु अपनाएर आउन आग्रह गरे ।
मेयर जयसवालले सार्वजनिक सुनवाई कार्यक्रम छिटै आयोजना गरेर सबैको सार्वजनिक गर्ने बताए । तर अभद्र, अशिष्ट शैलीमा प्रस्तुत हुँदै नगरको काम विथोल्न खोज्दा समस्या मात्रै उत्पन्न हुने उनले बताए ।
संचारकर्मीहरुको प्रश्नको जवाफमा सबैको सहमतीमा करारमा १ सय ५० जना कर्मचारी नियुक्त गरिएको भएपनि आन्तरिक श्रोत अति नै न्यून भएको हुँदा तलव खुवान निकै कठिनाई भएपछि आवश्यक्ता भन्दा बढिको करारका कर्मचारीलाई हटाएपछि विवाद निकालिएको मेयर जयसवालले बताए ।
कार्यालय बाहिर अनसनमा बसेका युवा नेता दिपक यादवको सम्पूर्ण माग सार्वजनिक सुनवाईबाट पुरा हुने भएको हुँदा अनसनको कुनै औचित्य नरहेकोमा आजै देखि अनसन समाप्त गर्न प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले यादव सग आग्रह गरेका छन ।