July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सितलपुरमा रहेको साझा संस्थाको कार्यालयको काठहरु विस्तारै हराउँदै,पुगेन जनप्रतिनिधीको ध्यान

आरके श्रीवास्तव,रौतहट,१९ गते साउन २०७९
रौतहट जिल्लाको फतुवा विजयपुर २ सितलपुरमा रहेको साझा संस्थाको कार्यालय जिर्ण अस्थामा पुगेको छ । कुनै बेला उक्त भवनमा तिन वटा कार्यालय सञ्चालनमा रहेको थियो । साझा संस्था, स्वास्थ्य चौकी,अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा रहेको थियो ।
अहिले उक्त भवन जिर्ण बनेको छ । स्वास्थ्य चौकी भवनको कम्पाण्ड अगाडी काठले बनाईएको २ तले भवन(कम्पा) जिर्ण बनेको हो । अहिले सो जिर्ण भवनबाट सेवा भने प्रदान भइरहेको छैन् । काठले बनेको सो कम्पा बाट काठहरु विस्तारै हराउँदै गइरहेको छ ।
बर्खा लागेसँगै पानी परेर तथा हावा हुरीले भत्किएर काठहरु लथालिंग अवस्थामा पुगेको छ । छानो चुहिएर घर भत्किसक्यो र काठहरु पनि गायब हुन थाले । कति त चोरीनै भइसक्यो । तर पनि कसैको ध्यान छैन् । बिगत ५ वर्षमा पनि स्थानिय सरकारको ध्यान त्यता तर्फ गएन् ।
अहिले आएर स्थानियहरुले आवाज उठान थालेका छन् । सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै स्थानियहरु हरिकिशोर प्रसाद यादव, अनिल यादव,कमाहिर गिरी,अजय कुमार यादवले उक्त जिर्ण अवस्थामा रहेको संस्थाको काठहरु लाइ एक ठाउँमा जम्मा गरी संरक्षण गरिदिन वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव सँग आग्रह गरेका छन् ।