July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राैतहटमा पूर्व मेयर गुप्ता सहित सयौं नेता कार्यकर्ता लाेसपा परित्याग, एमालेमा जाने संकेत

 

मधेश खबर रौतहट,०६ गते

रौतहट जिल्लामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का १०० भन्दा बढी नेता कार्यकर्ताले बिहिवार औपचारिक रूपमा पार्टी प्रत्याग गरेका छन् । जिल्लाको सदरमुकाम गौरस्थित सिया पैलेश होटेलमा पत्रकार सम्मेलनगरी लोसपाका नेता कार्यकर्ताले औपचारिक रूपमा पार्टी त्यागको घोषणा गरेका हुन् ।

२०७४ सालमा संघीय सांसदमा निर्वाचित भएका पार्टीका केन्द्रीय अध्यक्ष अनिलकुमार झा र प्रदेश सांसद बाबुलाल साह कानुले गएको स्थानीय तहको निर्वाचनमा असहयोगी भूमिका निर्वाह गरेको भन्दै नेता कार्यकर्ता रुष्ट भई पार्टी परित्याग गरेको गौर नगरपालिका ३ का पूर्व वडाध्यक्ष श्याम सुन्दर पटेलले बताएका छन् ।

पार्टी परित्याग गर्नेमा गौर नगरपालिकाका पूर्वनगर प्रमुख अजयकुमार गुप्ता, उपप्रमुखकी प्रत्यासी उषा झा, वडा नम्बर ५ का पूर्व अध्यक्ष रामस्वार्थ यादव, वडा नम्बर ९ का पूर्वअध्यक्ष राजेश सिंह (मोहन), वडा सदस्य भैरो महतो, बैजनाथ महतो लगायतका नेता कार्यकर्ता रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा लोसपाबाट उम्मेदवार भएकालाई पार्टीबाट निर्वाचित संघीय सांसद र प्रदेश सांसदले प्रतिपक्षको भूमिका निर्वाह गरेको आरोप पार्टी कार्यकर्ताले लगाएका छन् ।

पार्टीबाट निर्वाचित प्रदेश सांसद बाबुलाल साहले एकीकृत समाजवादी पार्टीबाट नगर प्रमुख पदमा उम्मेदवार भएका भतिजो लाइ सघाएको उनीहरूको आरोप छ । त्यस्तै दुर्गा भगवती गाउँपालिकामा अध्यक्षको उम्मेदवार भएका माओवादी केन्द्रका शम्भु सिंहलाइ​ संघीय सांसद अनिल झाले अप्रत्यक्ष रूपमा सहयोग गरेको उनीहरूको आरोप रहेकोछ । त्यसैकारण आफूहरू पराजित भएको उनीहरूले बताए।