प्रेमचन्द्र झा
मंसिर ०८ गते
राैतहट । राष्ट्रिय मातृभूमि पार्टीका केन्द्रीय बरिस्ठ उपाध्यक्ष राेमलाल गिरीले नेपालमा रहेका प्रमुख राजनैतिक दलका नेताहरुले देशमा गरिबी बढाएको बताएका छन। राैतहटको गढिमाई नगरपालिकाको वडा नम्बर ८ स्थित बिरनगरामा आयोजित सभामा बोल्दै बरिस्ठ उपाध्यक्ष गिरीले देशमा बैदेशिक ऋुण थप्दै गएको तर प्रमुख राजनैतिक दलका नेताहरुको दरिद्र मानसिकताका कारणले दिन प्रतिदिन जनता झन गरिब हुदै गएको बताए ।नेपालको यो भुमि धर्तिको स्वर्ग भएर पनि यहाँ गरिबी र अशिक्षा छ अहिले सम्मकाे राजनीतिकाे उपज हो । देव भुमि,प्राण भुमि र मृतसंजिवनी भुमिकाे रुपमा रहेकाे सुन्दर देश नबन्नुमा प्रमुख राजनैतिक दलका नेताले लिनु पर्दछ ।
पुराना दलका नेताहरुका कारण देशका माटोमा जनताले गरि खाने बातावरण बनाउन नसकेको आरोप लगाउदै नेता गिरीले पुराना पार्टी संग जनतालाई सचेत रहन अनुराेध गरे । उनले सभालाई सम्बाेधन गर्ने क्रममा हाम्रेा पार्टी देशमा सुशासन र समृद्वीका लागि काम गरि रहेको दाबी गर्दै विना उपचारको जनता मरि रहने तथा भोक रोगबाट जनतालाई जाेगाउने कार्यलाई आफुहरुले अभियानका रुपमा आगाडी बढाउने प्रतिवद्वता समे गरेका छन । मानवता- मानवियता तथा शुद्ववायु -शुद्व खानेपानीको समुचित व्यवस्थापन गरि जनताको भोक रोग मेटाउने अभियानमा बरिस्ठ उपाध्यक्ष गिरीले साथ दिन अनुराेध गर्दै नेपालमा जन्मिएका सबै नागरिकलाई समान अधिकार दिनु पर्नेमा जाेड दिएका छन । नागरिकको अधिकार प्राप्तिको पहिलाे ईकाईको रुपमा रहेको वडामा खास गरेर गढिमाई नपाको वडा नम्बर ८ को बच्चा काखमा राखेकी आमा चुनाव चिन्ह धारक उमेदवार साहेबलाल कुर्मी निर्वाचित भए यो वडा देश कै नमुना वडा बनाउने उनले घाेषणा समेत गरेका छन । पार्टीका जिल्ला अध्यक्ष रन्जित पटेलकाे अध्यक्षतामा भएको साे कार्यक्रममा केन्द्रीय महासचिव गाेविन्द गिरी , कोषाध्यक्ष
केशव भट्टाराई ,केन्द्रीय सदस्य सविता झा, गढिमाई नगरप्रमुख प्रत्यासी शम्भु साह ,कटहरिया नगर प्रमुख प्रत्यासी हरी विनय साह निराला सहितले वडा अध्यक्ष उमेदवार साहेबलाल राउत कुर्मीलाई विजय गराउन जनसमुदायसंग अनुराेध गरेका थिए ।
More Stories
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।
भ्रष्टाचारीलाई खबरदारी गर्न दलाल दलतन्त्र बिरुद्ध आजपाले चैत २४ गते काठमाडौंमा विशेष प्रदर्शन गर्दै
मौलापुर नगरपालिकामा एचपीभी खोपसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न