राम प्रवेश बैठा ५ गते माघ
रौतहटको फतुवा बिजयपुर नपा २ सितलपुर स्थित आयोजित एक दिन निःशुल्क आँखा शिविरमा १६० जना मानिसको आँखाको परीक्षण गरिएको छ।
फतुवा बिजयपुर नपा २ सितलपुरको वाडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजय राय यादवको विशेष पहलमा आयोजित एक दिने निःशुल्क आँखाको शिविरमा १६० जनाको आँखा परीक्षण पछि २५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो। परीक्षण गरिएको मध्ये ४५ जना महिला पुरुषको आँखामा डाक्टरले मोतीबिन्दु रोग ठहर गरेको शिविर संयोजक दृष्टि आँखा अस्पतालका प्रतिनिधि लाल मोहमद जानकारी दिएका छन्।
वाडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजय राय यादवको सहयोग र बिरगंज दृष्टि आँखा तथा नाक कान घाँटी अस्पताल प्रा.ली को
आँखा अस्पताल बिरगंजको प्राविधिक लाल मोहमदको सहयोगमा शनिवार एकदिने निःशुल्क शिविरमा सम्पन्न भयो ।
More Stories
असफल भईसकेका प्रधानमन्त्री ओली सत्तामा बसेर सडकबाट तमाशा गरिरहेका छन् : प्रभु साह
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी