March 10, 2025

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र

काठमाडौं ।

आम जनता पार्टी (आजपा) निकटको आम ट्रेड युनियन फेडरेशनले श्रमिकका हकअधिकार सहित बिभिन्न माग गर्दै श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सिंहदरबारमा आज फेडरेशनका पदाधिकारीहरु पुगेर श्रममन्त्री भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । श्रमिकको हकअधिकारका लागि संघर्ष गरिरहेको फेडरेशनले बिभिन्न कार्यक्रम सहित संघर्षका कार्यक्रम जारी राखेको छ ।

फेडरेशनले श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने, घरेलु श्रमिकको लागि ऐन निर्माण गर्नुपर्ने, नेपाली उधोगमा बिदेशी कामदारको अन्त्य र नेपाली श्रमिकले काम पाउने ब्यवस्था गर्नुपर्ने, बिदेशमा कामका लागि जाने श्रमिकलाई ट्रेड युनियन अधिकार र समाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, पिस रेट ठेक्का तथा अनौपचारिक क्षेत्रमा सामजिक सुक्षा ऐन कार्यनयन गर्नुपर्ने लगायतका माग श्रम मन्त्रीसंग गरेको छ ।

‘माननीय मन्त्री ज्यु श्रमिकहरुको अवस्था दैनिय छ । बिध्यमानमा रहेको तलब भत्ता बाट दैनिक जीवन निर्वाहा गर्न संभब छैन् । श्रम ऐन नियम कार्यान्वयन हुन सकेको छैन् । घरेलु श्रमिकको अवस्था झन नाजुक छ । बैदेशिक रोजगारमा जाने श्रमिकको ट्रेड युनियन अधिकार नहुँदा नर्किय जीवन बिताउन बाध्य छ । सिमित मात्रमा संचालनमा रहेको उधोगहरुमा समेत बिदेशीले काम पाउने नेपालीले नपाउने अवस्था छ,’ श्रममन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

फेडरेशनका इन्चार्ज धनकुमारी मगर, अध्यक्ष शिव थापा, सचिवालय सदस्य प्रेम थापा, लक्ष्मी राई, विमल गौली, प्रमोद शर्मा लगायतका नेताहरु ध्यानाकर्षण पत्र बुझाउन सिंहदरबार पुगेका थिए ।

यसैगरी आजपाले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा शनिबार अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब भृकुटीमण्डमा आजपाले अर्थ बिज्ञसहितको सहभागितामा ‘कर आतंक कहिलेसम्म ?’ भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम गर्दै छ ।