October 18, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सुन व्यवसायी उपर भएको घटना बारे सत्य तथ्य सार्वजनिक गर्न माग

प्रेमचन्द्र झा

अशाेज २५ गते
राैतहट । नेपाल सुन चांदी रत्नआभुषण व्यवसायी संघ राैतहटले संघका सचिव चन्दन सागर उपर भएको घटनाको सत्य तथ्य छानविन गरि दोषि उपर कार्यवाही गर्न माग गरेका छन । संघका जिल्ला अध्यक्ष उमेश प्रसाद साहले प्रेस विज्ञप्ति जारी गरि सो माग गरेका हुन । संघका सचिव सागर मंगलबार गरुडा बजारबाट घर समनपुर फर्किने क्रममा अज्ञात अपराधीक समुहद्वारा ज्यान लिने उदेश्यले गरिएको आक्रमण प्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष साह द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो घटनामा संलग्न अपराधीक समुहमा रहेका व्यक्तिको बारेमा सत्य तथ्य सार्वजनिक गर्न साथै दोषीलाई कानुनको दायरमा ल्यान स्थानीय प्रशासनसंग अध्यक्ष साहले जाेडदार रुपमा माग गरेका छन ।
सुरक्षा व्यवस्थामा सुघारका लागि अनुराेध गर्दै व्यापारीहरुकाे ज्यान धनकाे भरपर्दाे सुरक्षा व्यवस्था मिलाउन माग समेत गरेका छन।
सोही दिन देखि गम्भीर तथा अचेत अवस्थामा रहनु भएको सचिव सागरकाे शिघ्र स्वास्थ्य लाभकाे कामना जिल्ला अध्यक्ष साहले विज्ञप्ति मार्फत गरेका हुन ।